site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
पैसा नतिरे पनि लाखौँ फलोअर भएका अकाउन्टलाई ब्लू टिक दिँदै ट्विटर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अप्रिल २० मा हजारौँ अकाउन्टहरूको ब्लू टिक हटाएको ट्विटरले बढी फलोअर भएका अकाउन्टहरूलाई पैसा नतिरे पनि पुनः टिकमार्क उपलब्ध गराएको छ ।

अमेरिकी उद्यमी एलन मस्कले ४४ अर्ब डलरकमा कम्पनी किनेपछि ट्विटरले भेरिफिकेसनको ब्लू टिक पाउन शुल्क तोकेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व विख्यात सेलीब्रेटी एवं लोकप्रिय व्यक्तित्वहरूको अकाउन्टको ब्लू टिक ट्विटरले अप्रिल २० मा हटाएको  थियो । तर, निकै थोरै मान्छेहरूले यसका लागि पैसा तिरिरहेका छन् ।

विवाद र सेलीब्रेटीहरूको टिक मार्क हटेको विषयले चर्चा पाएका बेला फेरि करिब १० लाख भन्दा बढी फ्लोअर भएका निकै धेरै प्रयोगकर्ताहरूले पैसा नतिरे पनि ब्लू टिक पाएको भन्दै ट्विट गरेका छन् ।

Global Ime bank

लेखक नील गैमन, फुटबलर रियाद महारेज, संगीतकार लिल नास एक्स, अभिनेत्री जेनेल पेरिस लङ र बेलायती टीभी प्रस्तोता रिचर्ड ओस्मानलगायत धेरैले पैसा नतिरेरै ब्लू टिकमार्क प्राप्त गरेको बताएका छन् ।

मस्क आफैँले लेब्रोन जेम्स, स्टिफन किङ र विलियम शान्तनर जस्ता केही व्यक्तिहरूको अकाउन्टका लागि ब्लू टिकको शुल्क तिररहेको भनेका छन् । तर, अहिले बढी संख्यामा धेरै अकाउन्टहरूले ब्लू टिक फिर्ता पाउँदा मस्कले अब कस्तो चाल खेल्छन् भन्नेतर्फ मानिसहरूको ध्यान जान थालेको छ ।

यसअघि उनले करिब १० हजार ब्रान्ड एवं कम्पनीहरूलाई नि:शुल्करूपमा ब्लू टिकमार्क उपलब्ध गराउने भनेका थिए । यस्तो कुनै निर्णय उनले व्यक्तिगत अकाउन्टका हकमा पनि गर्न सक्छन् कि भन्ने आंकलन हुन थालेको छ ।

टीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC