site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्लीदेखी सिल्की कपालमा मेहेन्दी लगाउने तरिका

प्रनिशा अधिकारी

काठमाडौँ । हिजोआज प्राकृतिक कुरालाई कृत्रिम बनाउने फेसन चलेको छ । सर्लक परेको कपाललाई कर्ली बनाउने, कपालमा अनेक थरिका रङ्रोगन गर्ने, फुलेको सेतो कपाललाई प्राकृतिक जस्तो देखाउन मेहेन्दी तथा रङ्को प्रयोग गर्ने ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुगन्धित बनस्पतिको पातको लेपकाट कपाललाई रङ्ग्याउने तरिकालाई मेहेन्दी लगाउने वा प्राकृतिक ड्राई भनिन्छ । मेहेन्दीले सेतो फुस्रो तथा खैरो कपाललाई प्राकृतिक जस्तो बनाइदिन्छ । गर्मी महिना तथा गर्मीका कारण टाउको दुख्न सक्छ भने पनि मेहेन्दी लगाउँदा धेरै राहात मिल्छ । मेहेन्दीले कुनैपनि साइड इफेक्ट गर्दैन ।  

बिना केमिकलको मेहेन्दी कपाललाई स्वस्थ्य बनाउन पनि प्रयोग गरिन्छ । हामीले मेहेन्दी लगाउँदा तरिका पु¥याएर लगाउने गर्नुपर्छ । मेहेन्दी कसरी लगाउने तथा कस्तो कपाललाई कुन मेहेन्दीले स्वस्थ्य बनाउँ भनेर जहिले पनि यस सम्बन्धी ब्यक्तिहरुलाई सोधेर लगाउने गर्नुपर्छ । कतिपयको बानी हुन्छ जस्तो पायो त्यस्तै मेहेन्दी लगाउने । त्यसले तपाईंको कपालले खोजेको जस्तो चमक नदिन पनि सक्छ । 

मेहेन्दी लगाउँदा मेहेन्दीमा अण्डा, मेथीको धुलो, अमलाको धुलो, रिठ्ठा, दही, कागती र अदुवाको पाउडर आदि मिसाएर कपालमा लगाउन पनि सकिन्छ । जसले हाम्रो कपाललाई धेरै फाइदा दिन्छ । यस्तो घरेलु उत्पादनहरुको प्रयोगले हाम्रो कपाललाई चाहिने पोषणतत्वहरु पनि दिन्छ र कपाललाई सुन्दर र चम्किलोसमेत बनाउँछ । 

मेहेन्दी लगाउने तरिका 
आफूले लगाउन लागेको मेहेन्दीमा मेथीको पाउडर मिसाएर राम्रोसँग भिजाउनुपर्छ । कतिपय अवस्थामा मेहेन्दी भिजेको जस्तो देखिए पनि भित्रसम्म भिजेको हुँदैन र यस्तो समयमा आफूले भिजाएको मेहेन्दी राम्रोसँग हेरेर मात्रै भिजाउनुपर्छ । यदि मेहेन्दीमा अण्डा तथा दही मिसाउने हो भने मेहेन्दी लगाउने बेलामा मात्र मिसाउने गर्नुपर्छ । मेहेन्दीको राम्रोमिश्रण भएपछि मात्र मेहेन्दी लगाउने । यदि तपाई आफै मेहेन्दी लगाउँदै हुनुहुन्छ भने ऐनाको साहाराबाट हातमा पन्जा लगाएर गर्न सक्नुहुन्छ । तर मेहेन्दी आफूले भन्दाहरुले लगाइदिँदा सबैतिर लाग्छ ।

मेहेन्दी लगाउँदा कपाल कोर्दै तथा ब्रसले गलाउँदा पनि दायाबाँया लाग्दैन । जरासम्म पनि पुगेको हुन्छ । मेहेन्दी लगाएको २÷३ घण्टा पछि राम्रोसँग पखालेर कपाललाई सुकाउनुपर्छ । मेहेन्दी लगाएको दिन कपालमा तेल लगाउन पनि सकिन्छ । 

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०१:३०
प्रतिक्रिया दिनुहोस्