site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटमा गोली प्रहार, एकजनाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।

जनकपुरधाम । रौतहटमा दुई पक्षबीच विवाद हुँदा गोली प्रहार गरिएको छ । शनिबार गढीमाई नगरपालिका–८, धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा गोली चलाउँदा एकजनाको मृत्यु भएको छ ।

विवादसँगै दुई पक्षबीच झडप हुँदा गोली चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको छ । उपचारका लागि वीरगन्ज लैजाँदा गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव पनि घाइते पनि भएका छन् ।

प्रहरीका अनुसार गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro