site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित : मन्त्री बन्न पैसा मागेको आरोप 

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

“उहाँको त्यस्तै प्रकरण आयो । अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ,” रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बाह्रखरीसँग भने, “अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो । अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro