site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
उपनिर्वाचनमा मतदाताको साख परीक्षण

संघीय प्रतिनिधिसभा सदस्य चयनको लागि तीन निर्वाचन क्षेत्रमा २०८० को बैशाख १० गते मतदान हुने कार्यक्रम छ ।

नयाँ वर्षको पूर्व प्रहरमा हुने उपनिर्वाचन सरकारमा सम्बद्ध दलहरुको साख परीक्षणको विषय पनि भएको छ । 

मतदान हुने तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा तनहुँ १, चितवन २ र बारा २ हुन् । देशव्यापी चुनावमा मतदाताको ध्यान बढी आआफ्नै क्षेत्रमा विभक्त हुन्थ्यो । तर यसपटक यी तीन उपचुनाव क्षेत्रमा आउने सम्भावित परिणामप्रति देशव्यापी ध्यान आकर्षित भएको छ । जो स्वाभाविक हो । यी क्षेत्रबाट गठबन्धनको पुनःशक्ति परीक्षण । 

KFC Island Ad
NIC Asia

तीनवटै क्षेत्रमा सरकारी गठबन्धन समर्थित उम्मेदवार प्रस्तुत छन् । बेग्लै अरु पनि उठ्ने नै भए । तर बारा २ मा गठबन्धनभित्रैका जसपा र जनमत पार्टीका बेग्लाबेग्लै प्रत्याशी छन् । गठबन्धन अरु सबै दलको संयुक्त समर्थन चाहिँ त्यहाँ जसपाले पाएको छ । 

वाध्यता, इच्छा, व्यावहारिक समानता वा संविधानको प्रावधानले नेपाली राजनीतिमा दलीय गठजोड पारम्परिक संस्कृतिजस्तै हुने लक्षण छ । यो वा त्यो गठबन्धन गर्ने अभ्यास खासगरी गणतन्त्रदेखि निरन्तर जारी छ । नेपाली राजनीतिको मूलधार दलीय गठजोडले लिँदैछ ।    

Royal Enfield Island Ad

चुनावमा जोड घटाउको तर्कहरु हुने नै भए । रणनीति र योगदानको कसीमा उम्मेदवारहरुको मूल्यांकन गरिने नै भयो । सबैले स्वच्छ, भद्र, सक्षम र सैद्धान्तिक उम्मेदवारको माग वा पक्षमा गफ गरेको सुनिने नै भयो । मत जसलाई दिए पनि गफमा चाहिँ समानता भेटिन्छ । अवसरवादी चरित्रलाई घृणा गर्ने मेसो पनि सबैको समान छ । 

साथै, यस्तै चुनावी बेला हो–एजेण्डाको कुरा गर्ने । राजनीतिक दलका घोषणापत्रहरु यसैका द्योतक हुन् । यसअघि चुनावमा आआफ्ना दलबाट घोषित पत्रहरु नै यस उपनिर्वाचनमा पनि दलका उम्मेदवारहरुको एजेण्डा हुन् । प्रतिबद्धता नै एजेण्डा हो । 

अहिलेका धेरै उम्मेदवारसँग गफ गर्ने सम्भव,असम्भव एजेण्डा सुनिन्छन् । जनता झुक्याउन पनि ती काम लाग्छन् । तर केही उम्मेदवारसँग एजेण्डासमेत उपलब्धिका उदाहरण पनि छन् । परख वा महसुस त बर्षौं अघिदेखिका भोक्ता नागरिकले गरेका हुन्छन् । बीस बर्षअघि के थियो र अहिले कस्तो छ ? 

मानिसमा राजनीतिसँग गुनासो छैन । लोकतन्त्रसँग पनि दुखेसो पोख्दैनन् । बुझेकाहरु भन्छन्–राजनीति अपरिहार्य छ । राजनीतिमा लोकतन्त्र अविच्छिन्न हुनैपर्छ । तर, लोकतान्त्रिक राजनीति सञ्चालक नेताहरुसँग मानिसको गुनासो छ । असन्तुष्टि जहाकहीँ सुनिन्छ । 

यही कारण विकल्प खोज्नुपर्छ भन्नेहरु सजिलै भ्रममा फस्न थालेका छन् । अवसरवादी, महत्वाकांक्षी र अराजनीतिक विकल्प खोज्नेहरुका मसिहा बनाइन थालेका छन् । खास राजनीतिको लागि यस्तो स्थिति जोखिमको संकेत हो । 

नेपाली जनमत गम्भीर चरित्रको छैन । चाडै बर्गेलिने प्रकृतिको छ । खासगरी युवा समूह । युवा खासगरी दुई कारणले अस्थिर छन् । पहिलो सञ्चारका यावत् माध्यमले दिने विश्वव्यापी जानकारीले युवा उद्वेलित र उत्साहित छन् । ती अरुसँग आफू र आफ्नो देशको तुलना गर्छन् । विदेश जाने रहर वा वाध्यता तिनले केही न केही बुझेका छन् । 

दोस्रो २१ देखि २५ वर्ष उमेर समूहको युवाले लोकतन्त्रको लागि संघर्ष गरेको छैन । संघर्षका ती कठोर दिनको अनुभूति पनि सँगाल्न पाएको होइन । ऊ बढी लोकतन्त्रको भोक्ता हो, लगानीकर्ताभन्दा । यस कारण उनीहरुलाई लोकतन्त्रको मूल्यबोध हलुको जस्तो लाग्छ । सञ्चार प्रविधिको पहुँचले विकसित लोकतान्त्रिक मुलुकसँग दाज्दा सयौँ वर्ष पछाडि आफूलाई पाउँछ । ऊ असन्तुष्ट हुने नै भयो । 

तर, ती विकसित मुलुकले कति लामो यात्रा तय गरेर यहाँसम्म आए ? लोकतन्त्र निरन्तरको अभ्यास हो भन्ने पनि तिनले बुझ्न सकेनन् कि ? नागरिकले लोकतन्त्र र विकासको पक्षमा बाटो नबिराइ निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता समेत बोध गर्न सकेनन् कि ? 

सामाजिक सञ्जालका चटपटे जानकारीमा स्वयं ज्ञानी ठान्ने युवाको अधिकांश हिस्सा समय वा इतिहासको गम्भीर अध्ययनबाट बेखबर हुँदैछ कि ? अध्ययन त परको कुरा त्यसको असीमित गहिराइ हुन्छ भन्ने बुझ्न पनि चाहँदैन सायद । यही कारण राजनीतिमा चटके, चटपटेहरुले आश्रय लिन पाएका छन्, प्रश्रय पाएका छन् । भन्न त भनिन्छ –नेपालमा पठन संस्कृति बढेको छ । होला, तर कस्तो पठन संस्कृति ? 

यस्तो हुनुमा दलका निर्णायक नेताहरु नै बढी दोषी हुन् । ती नैतिक भएनन् । परिणाम दुस्प्रभावमा देखिँदैछ ।

अहिलेका निर्णायक भनिने नेताहरुलाई कि समयले लघार्छ कि समाजले लघार्दै छ तर तिनै दलभित्रका असल पात्र र प्रवृत्तिले त्यस्ता नेताका कृत्यको भारी बोक्नुपरेको दुःखद यथार्थ छ । 

राजनीतिका असल पात्रले स्पष्टीकरण दिनुपरेको छ । ओड ढाक्नु परेको छ । असल पात्र र प्रवृत्तिले नै सजाय भोग्नु परेको छ । यस्तैयस्ताको मूल्य दोहन गरेर खल प्रवृत्ति दलगत राजनीतिमा प्रभावशाली हुनपाएको छ ।

निर्वाचन चटके, पटके अवसरवाद अर्थात् खहरे रोज्ने कि नदीको मूल प्रवाह मतदाताकै विवेकमा निर्भर छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro