

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरु सरकारमा नजाने बताएका छन् ।
उनले शनिबार भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले त्यसपछिमात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
“हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनु हुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ,” उनले भने, “सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ । सरकारले सही बाटो लियो भने त्यसपछि सोच्नेछौँ । निर्वाचन सकिएपछि समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्नेछौँ ।”