site stats
राजनीति
उपनिर्वाचनमा यी हुन् एमालेका उमेदवार

काठमाडौं । नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि दुई क्षेत्रमा उमेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट उमेदवार तय गरिएको हो ।

एमालेले तनहुँ क्षेत्र नम्बर–१ मा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उमेदवार बनाउने निर्णय गरेको छ । चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरिएको नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Himalayan Bank
Agni Group

बारा क्षेत्र नम्बर–२ मा भने उमेदवार तय गरिएको छैन । त्यहाँ थप छलफलपछि पार्टी हेडक्वार्टरले टुंग्याउने निर्णय गरिएको छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनालले काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार शिशिर खनालसित हारेका थिए ।

Global bank

आउँदो वैशाख १० गते यी तीन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही वैशाख २० गते उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्