site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाटै पारित गरिन्छ : प्रधानमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन् । सरकारले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको उनले उल्लेख गरे ।

शनिबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको एक कार्यक्रममा उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अरू ऐन नहुँदा संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार संघीयता कार्यान्वयन नभएको बताए । अब ती ऐनहरू बनाएर अगाडि जाने विषयमा सरकार दृढ रहेको उनले स्पष्ट पारे ।

संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र त्यसलाई छिट्टै संसद्मा पेस गरिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro