site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'...अनि यस्तो देशको खेलाडी विदेश नगए कुन देशको जान्छ ?'
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं  महानगरका मेयर बालेन शाहले खेल क्षेत्रलाई सरकारले बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझ लाओसलाई हराउँदै त्रिदेशीय शृङ्खलाको उपाधि जितेपछि नेपाली टिमलाई बधाई दिँदै बालेनले 'कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक नभएको'बारे प्रश्न गरेका छन् ।

उनले खेल क्षेत्रलाई बेवास्ता गरिएकै कारण खेलाडीहरू विदेशिएको पनि बताएका छन् । 

"भोट माग्दा युवाले देश बनाउन सक्छ भन्ने युवालाई मौका दिनुपर्छ भन्ने, खेलकुदले देशलाई चिनाउँछ भन्ने हरेक खेलकुद प्रतियोगितामा दौडेर उदघाटन र मेडल बाँड्न जाने, कुनै खेल जित्ना साथ नेताहरू बधाई दिन हानाथाप गर्ने, आज नयाँ सरकार बनेको छ । कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन, बजेट सबै भन्दा थोरै भएर हो कि ?," उनले अगाडि भनेका छन्, "...अनि खेलाडीले नेपालमा भविष्य कसरी देख्छ ? जुन देशमा पाँच महिनादेखि खेलकुदमन्त्री पाएको छैन । अनि यस्तो देशमा खेलाडीहरू खेल्दा खेल्दै विदेश नगए कुन देशको जान्छ ?"

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro