site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपालको पर्यटनका लागि न्यूयोर्कमा छलफल 
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो । 

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरुले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतिहरुका बारेमा धारणा राखेका थिए ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरु बारे निर्माण गरिएको वृत्तचित्रबाट सुरु भएको कार्यक्रममा कार्यवहाक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुनःप्राप्तिमा गरेको योगदानबारे प्रष्ट पारेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरुलाई आग्रह गरे ।

युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए ।

Global Ime bank

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए ।

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झनाहरु सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताए ।

त्यस्तै लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताएका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवद्र्धन एवं व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताए ।

टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेको भन्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि थप कदम चाल्न तयार रहेको बताए ।

कार्यवहाक महावाणिज्य दुत गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गरे ।

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरु, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरु, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरुको उपस्थिति रहेको थियो ।

प्यासिफिक एशिया टभल एशोसियसनसंगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दुतावासले कार्यक्रम गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC