site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्का पञ्जा–४’ ले चार हप्तामा कति गर्‍यो कलेक्सन ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’ आजबाट प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ । चार हप्तामा यो चलचित्रले साढे १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

“पाँचौं हप्तामा प्रवेश गर्दा छक्का पञ्जा–४ले साढे १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ,” चलचित्र वितरक मनोज राठीले बाह्रखरीसँग भने । 

दुई हप्तामा यो चलचित्रले १५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । सुरुका चार दिनमा करिब सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले पछिल्लो समयमा सुस्त गतिमा कलेक्सन गरिरहेको छ । 

अहिले पनि ‘छक्का पञ्जा–४’ चलिरहेको छ । “करिब २० करोड ग्रस कलेक्सन गर्ने हाम्रो अपेक्षा छ,” मनोजले भने । 

‘छक्का पञ्जा–४’ले युवा पुस्ताका दर्शकलाई पनि हलसम्म तानेको कलाकार तथा निर्माता दीकपकराज गिरीले बताएका छन् । युवा पुस्ता सिनेमा हेर्न आउनु आफैंमा राम्रो भएको भन्दै दीपक सिनेमा हेर्ने संस्कृतिको विकास गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउँछन् । 

चलचित्र ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । 

यसअघिका ‘छक्का पञ्जा’का तीनवटै सिरिज दीपाश्रीले निर्देशन गरे पनि यो पटक पनि हेमराजले निर्देशन गरेका हुन् । चलिचत्र फागुन १९ गते रिलिज भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro