site stats
प्रविधि
सामसङको ग्यालेक्सी ए५४ र ए३४ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । सामसङले नेपाली बजारमा दुईवटा नयाँ फाइभजी मोबाइल ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ सार्वजनिक गरेको छ । लोकप्रिय ए–सिरिजका यी दुई नयाँ फोनको क्यामेरा, पर्फर्मेन्स, उत्कृष्ट बनावट, अनुभूति र टिकाउपनाले प्रयोगकर्तालाई विशेष अनुभव गराउने कम्पनीको विश्वास छ ।

“हामी नयाँ फोन सामसङ ग्यालेक्सी ए३४ र ए५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ । यी मोबाइलमा ग्यालेक्सी डिजाइन र नाइटोग्राफी उपलध छ । वर्षौं वर्षसम्म आइपी ६७ रेटिङ्ग र गोरिल्ला ग्लास ५ को संरक्षण एवं चार पुस्ताको ओएस अपग्रेड र पाँच वर्षे सुरक्षा अद्यावधिकका मोबाइलमा उपलब्ध छ,” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

ग्यालेक्सी ए५४ कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ पनि कालो, हरियो र सिल्भर गरी तीन रङ्गहरुमा उपलब्ध छ । 

यी मोबाइलहरु ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने कम्पनीको दाबी छ । मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएको कम्पनीको भनाइ छ ।

Global bank

ग्यालेक्सी ए५४ मा ५० एमपी ओआईएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्स छ भने ए३४ मा ४८ एमपी ओआईएस प्राइमरी लेन्स र आठ एमपीको अल्ट्रा वाइड लेन्स रहेको छ ।

पाँच हजार एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ को चार्ज दुई दिन टिकाउने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी दुईवटा मेमोरी भेरियन्टमा उपलब्ध छ । जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको आठ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ भने आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता भएको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, ए३४ फाइभजीको आठ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् एक टेराबाइटसम्मको मेमोरी बढाउन सकिनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय