राजनीति

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बैठक डाकेका छन् ।
सानेपास्थित केन्द्रीय कार्यलयमा बसेको बैठकबाट तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेर बाहिरिएका देउवाले मन्त्री टुंग्याउन धुम्बाराहीस्थित आफ्नै निवासमा बैठक डोकका हुन् ।
“मन्त्रीको अन्तिम नाम र मन्त्रालय टुंगो लगाउन सभापति निवास धुम्बाराहीमा बैठक बस्दै छ,” एक नेताले भने, “खाना खाएर बैठक बस्छौँ अनि निर्णय हुन्छ ।”
सत्ता गठबन्धनको बैठक अपराह्न २ बजे बस्दै छ । बैठकअगावै कांग्रेसले मन्त्री टुंगो लगाउने ती नेताले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १२:५५
प्रतिक्रिया दिनुहोस्