site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न सांसद गौतमको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) की सांसद सोविता गौतमले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको उड्डयन क्षेत्र सुधार गर्नुपर्ने बताइन् ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमा ट्विटरमार्फत नेपालको पर्यटन क्षेत्र जीवन्त बनाउन के गर्नुपर्छ भनेर सोधेको विषयमा उनले सल्लाह दिँदै यस्तो बताएकी हुन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उड्डयन नियमित गर्ने र विमास्थल तथा एयर ट्राफिक म्यानेजमेन्ट सर्भिस गर्ने दुवै कार्य गर्दै आएको  छ । अन्तर्राष्टिय वृतमा हेर्ने हो भनेदेखि अधिकांश राज्यमा यी दुई कार्य दुई भिन्न निकायबाट संचालन हुने गर्छ ।

नेपाल जस्तो सबैमाथि राजनीतिक निर्णय हुने देशमा वर्क कल्चर राम्रोसँग विकास नभएको देशमा एउटै संस्थाले दुवै कार्य गर्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ले हुने भन्दै विभाजन गर्नुपर्ने सुझाव दिएकी हुन् ।

Global bank

प्राधिकरणले विमानस्थल सञ्चालन आयोजना तथा पूर्वाधार विकास, एयर निभेगेसन सेवा आदि क्षेत्रमा बढी केन्द्रित हुँदा नियमनकारी जिम्मेवारी ओझेलमा पर्ने गएको बताइन् ।

“नियमन गर्ने क्षेत्रहरू जस्तै विमानस्थल सञ्चालन, हवाई ट्राफिक सेवा, प्राविधिकहरूको नियुक्ति, तालिम दक्षता परीक्षण तथा प्रमाणीकरण गर्ने एउटै निकायले छानबिन गर्दा सेवाको सुरक्षा र विश्वनियतामाथि प्रश्न उठ्नु स्वभाविक हो,” उनले भनीन् ।

समयसमयमा भएका भयावह विमान दुर्घटनापछि बनेका छानबिन समितिका प्रतिवेदन, आइकाओ, युरोपियन यूनियनलगायतले नेपालको हवाई क्षेत्रका विषयमा दिएका प्रतिवेदन र सुझाव मान्न गौतमले मन्त्रीलाई सुझाव दिइन् ।

“वर्षौंदेखि ती सुझाव किन द्रुत गतिमा कार्यान्वयन गर्न सरकार संवेदनशील नदेखिएको हो ?,” भन्दै प्रश्न समेत गरिन् ।
गौतमले सरकारले नीति तथा कार्यक्रममा राखेका विषय कार्यान्वयन गर्न पनि सुझाव दिइन् ।

“नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक यथाशीघ्र प्रतिनिधिसभामा लिएर आइयोस्, यसमा राजनीति र अझ थप ढिलासुस्ती नगरियोस्,” उनले भनिन्, “नेपाल सरकारका हरेक आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक संस्थाको रुपमा विभाजन गर्ने नीति रहँदै आए पनि व्यवहारमा यो लागु हुन सकिरहेको छैन ।”

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय