site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो हुनेछ आज काठमाडौंको मौसम ?
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागले देशका पहाडी भू–भागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

काठमाडौंमा आज मौसम बदली हुनेछ । अपराह्न ४ बजेपछि काठमाडौंका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा ४ बजेपछि केही ठाउँमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “काठमाडौंका पनि सबै ठाउँ हैन केही भागमा केही समय खण्ड वृष्टिको सम्भावना छ ।”

विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro