site stats
बाह्रखरी :: Baahrakhari
कला
भुवन केसी भन्छन्– कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन् ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रिया कार्यक्रममा केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए ।

उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए । उले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको जानकारी लिए । 

"प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको विस्तार गर्न सहज भएको छ । तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरू अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu