site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एक महिनामै लाख नाघे हाम्रो पे का प्रयोगकर्ता 

काठमाडौं । हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो । 

हाम्रो पे विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभीलगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ ।

यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोरलगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ । 

प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले  जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि पनि उपयोगी  भएको हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाको रुपमा हाम्रो पे ल्याएको थियो । जसमा ‘स्प्लिट एण्ड पे’का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ ओटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचर समेत रहेका छन् । 

त्यस्तै प्रयोगकर्ताको सहजताका लागि 'लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ । हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu