देश

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमनमा रोक लगाइएको छ ।
पुलको निर्माण कार्य भइरहेकाले रोक लगाइएको हो । पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको छ ।
२० दिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । आवागमन बन्द भएपछि महाकाली पारिको दोधारा चाँदनीवासी प्रभावित भएका छन् ।
पुल बन्द हुँदा झोलुङ्गे पुल प्रयोग गर्नुपर्नेछ । झोलुङ्गे पुलमा मोटरसाइकल र पैदलयात्री मात्रै आवागमन गर्न पाउँछन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १६:१८
प्रतिक्रिया दिनुहोस्