site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लैजाने तयारी गरिएको छ । उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो । गएको फागुनमा प्रहरीले अनुसन्धान सकी लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो ।

सो निर्णय महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराइयो । महान्यायाधिवक्ता कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । अमेरिकी नागरिक रहँदा नेपाली राहदानी प्राप्त गरे पनि त्यसको प्रयोग नगरेको मुख्य आधार लिँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सकेसम्म छिटो रिट लैजाने तयारी आफूले गरेको पौडेल बताउँछन् । “महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हामी छिटोभन्दा छिटो लग्ने तयारीमा छौँ,” पौडेलले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro