site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनुशासित र स्वच्छ प्रहरी आवश्यक छ : गृहसचिव सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशमा अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्र समस्याको समाधान गर्ने उल्लेख गरे । समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा उनले जोड दिए ।

“अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरू छन्, हामीलाई थाहा छ, व्यवासायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ । तर, यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरूको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ,” उनले भने, “अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलता बनाउनुहुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरू चलेका छन् । तर, त्यो सुधार अझै पनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । हामी समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्त्व राख्छ ।”

Global Ime bank

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रूपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC