site stats
राजनीति
बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन् । 

साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन् । 

Himalayan Bank
Dabur nepal
Agni Group

“बालबालिकालाई बाँच्न, नाच्न र हाँस्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ,” उनले भने, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।”

महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए । एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ ।

Global bank

“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ,” उनले भने । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय