site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोठमा आगलागी हुँदा २० बाख्रा जले

सिन्धुली । घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरूपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गएराति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट दुई लाख ५० हजार बराबरको क्षति भएको उनले जानकारी दिए ।

मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro