site stats
विदेश
सांसद पद गएपछि राहुल गान्धीको प्रतिक्रिया : भारतको आवाजको लागि जुनसुकै मूल्य चुकाउन तयार छु

काठमाडौं । अदालतको आदेशपछि सांसद पद गुमाएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू भारतको आवाजको लागि लडिरहेको बताएका छन् । गान्धीले सांसद पद गुमाएपछि सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले भारतको आवाजको लागि लड्दा आफू जुनसुकै अवस्थाको सामना गर्न र जुनसुकै मूल्य चुकाउनका लागि तयार रहेको पनि उल्लेख गरेका छन् । 

Himalayan Bank
Agni Group

यसअघि, बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।

Global bank

सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायतको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्