site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरले अप्रिल १ देखि ब्लू टिक हटाउने, पैसा तिरेर मात्र लिन सकिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । ट्विटरले अप्रिल १ देखि पुरानो प्रक्रियामार्फत प्रमाणित भएर प्राप्त गरेको सबै व्यक्ति एवं संघ–संस्थाको अकाउन्टको ब्लू टिकमार्क हटाउने भएको छ ।

यससँगै अब एन्ड्रोइड फोनका प्रयोगकर्ताहरूले प्रतिमहिना आठ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । आईओएसका प्रयोगकर्ताले भने एप स्टोरको मूल्यका कारण ११ अमेरिकी डलर तिरेर मात्रै ब्लू टिकमार्क प्राप्त गर्नसक्ने छन् ।

Agni Group

ट्विटर खरिद गरेपछि गत डिसेम्बरमा कम्पनीका सीईओ एलन मस्कले भ्रष्ट र बेतुक तरिकाले दिइएको भन्दै पुरानो ब्लू टिकमार्क बन्द गर्ने भनेका थिए ।

मस्कले कम्पनी खरिद गर्नुअघि ट्विटरले कुनै व्यक्ति वा संस्थाको सक्रिय र आधिकारिक अकाउन्ट हो भनेर पुष्टि गर्ने किसिमले निशुल्क रुपमा ट्विटरको ब्लू टिकमार्क उपलब्ध गराउँदै आएको थियो ।

Global Ime bank

ट्विटरले अहिले किनेर प्राप्त गर्न सकिने ब्लू टिकमार्क विश्वव्यापी रुपमा नै उपलब्ध गराएको छ । ब्लु टिकमार्क प्राप्त गर्न अकाउन्टलाई कम्तिमा ९० दिन पुगेको हुनुपर्ने नयाँ नीति ट्विटरले ल्याएको छ ।

ब्लू टिकर्माक पाउनेहरूले ५० प्रतिशतभन्दा कम विज्ञापनहरू देख्ने, चार हजार शब्दसम्मको ट्विट लेख्न सक्ने, ट्विट इडिट गर्न सक्ने र लामो भिडियोहरू पोस्ट गर्नसक्ने लगायतका सुविधाहरू प्राप्त गर्ने ट्विटरले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC