site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पशुपति प्रसाद–२ : भष्मे डन’को छायांकन सुरु 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’को छायांकन सुरु भएको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिषरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै शुभमुहूर्त गरिएको चलचित्रको छायांकन आजबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ । 

निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । 

चलचित्र ‘पशुपति प्रसाद’को मुख्य चरित्रमध्येको एक विपीन कार्कीले निर्वाह गरेको भष्मे डनमा केन्द्रित रहेर सिनेमा निर्माण हुन लागेको हो । 

सात वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई चलचित्रले प्रस्तुत गर्नेछ । चलचित्र पशुपति क्षेत्र विकास कोष परिसरमा छायांकन हुनेछ । 

निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टकाे ब्यानरमा निर्माण हुनेछ ।

चलचित्र आउँदो दसैंमा प्रदर्शनमा आउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro