site stats
खेल
सन्न्यासपछि अस्ट्रेलिया उडे सुजल
तस्बिर : विमल घर्ती मगरको फेसबुकबाट

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे लगत्तै नेपाली राष्ट्रिय टिमका पूर्वमिडफिल्डर सुजल श्रेष्ठ अस्ट्रेलिया उडेका छन् । बिहीबार राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका सुजल सोही रात अस्ट्रेलिया उडेका हुन् । 

सुजलसँगै नेपाली टिमका रक्षक रजिन धिमाल पनि अस्ट्रेलिया गएका छन् । उनीहरू दुवैजनाको बिहीबार रातिको फ्लाइट थियो । पछिल्लो केही समययता नेपाली फुटबलरहरू अस्ट्रेलिया जाने क्रम निकै बढेको छ । 

Himalayan Bank
Agni Group

नेपाली टिमबाट ११ वर्ष खेलेका सुजलले यस अवधिमा ५१ अन्तर्राष्ट्रिय खेल खेले । सुजलले बिहीबार सन्न्यास घोषणाका लागि यो उपयुक्त समय भएको बताएका थिए । 

यस्तै, रजिनले भने सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट १० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । नेपाल सुपर लिगमा रजिनले विराटनगर सिटी एफसीको कप्तानी सम्हालेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रजिन र सुजल दुवैजना  मछिन्द्र फुटबल क्लबमा आबद्ध थिए । 
 

Global bank

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय