
काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाली बजारमा आउने भएका छन् । कम्पनीले सामसङ ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ फाइभ जी स्मार्टफोन चाँडै नेपाली बजारमा भित्र्याउन लागेको हो ।
यी दुवै फोनको विश्वव्यापी बिक्री सुरु भइसकेको छ । ग्यालेक्सी ए३४ ४८ मेगापिक्सलको प्राइमेरी क्यामरा र २ मेगापिक्सल म्याक्रो लेन्सका साथ आएको छ । ग्यालेक्सी ए५४ मा ५ मेगापिक्सल म्याक्रो लेन्ससहित ५० मेगापिक्सलको प्राइमेरी क्यामेरा रहेको छ ।
दुवै फोनहरूमा ८ मेगापिक्सलको अल्टा वाइड एङ्गल लेन्स रहेको छ । यी लेन्सहरूले नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो/भिडियो, इन्हान्सड ओआईएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीको अनुभव गराउने कम्पनीले जनाएको छ ।
यी दुवै फोनलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेले प्रयोगकर्ताहरू सन्तुष्ट पार्ने कम्पनीको विश्वास छ ।
दुवै फाइभ जी स्मार्टफोनमा पाँच वर्षको सुरक्षा अद्यावधिक र चार वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरूले प्रयोगकर्ताहरूलाई कम्पनीको पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिने जनाइएको छ ।
सामसङ ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ को डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो छ । कम्पनीले यी दुवै स्मार्टफोन नेपाली बजारमा भित्रिने मिति भने घोषणा गरेको छैन ।