site stats
अर्थ व्यवसाय
उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।

झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार  महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल निर्वाचित भएका छन् ।

Himalayan Bank
Agni Group

कार्यसमिति सदस्यहरूमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार साह, प्रीतम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट सदस्यमा राजन श्रेष्ठ र दिपक पाण्डे निर्वाचित भएका छन ।

एशोसिएट्सबाट रवीनकुमार दाहाल, भविषकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्वाचित भएको गुप्ताले बताए ।
 

Global bank

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय