site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा खुल्यो भाटभटेनीको २४औँ सुपर स्टोर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वीरगन्जमा भाटभटेनीको २४औँ सुपर स्टोर सञ्चालनमा आएको छ ।

बिहीबार एक समारोहकाबीच भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

कोरोनाकालपछि भाटभटेनीले सञ्चालनमा ल्याएको यो छैटौं सुपरस्टोर हो ।

“हामीले अहिले नाफा भन्दा पनि ग्राहकको सेवाका लागि स्टोर सञ्चालनमा ल्याएका हौँ,” गुरुङले उद्घाटनका क्रममा भने, “सस्तो, सहज र सुपथ मूल्यका लागि अहिले भाटभटेनी रोजाइमा परेको छ ।”

कोरोनादेखि आर्थिक संकटमा पनि नरोकिइ काम गरिएको गुरुङले यसअघि बाह्रखरीसँगको कुराकानीमा बताएका थिए ।

min1679562682.JPG

“अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ,” भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बाह्रखरीसँग कुरा गर्दै भनेका थिए, “यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रासाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकका छैनौँ ।”

रु. २५० करोड लागतमा तयार भएको वीरगन्जको स्टोरमामात्रै करिब दुई सय जनाले रोजगारी पाउने उनी बताउँछन् । min61679562683.JPG

कोरोनाकालपछि अहिलेसम्म पाँचठाउँमा भाटभटेनी सुपर स्टोर तयार गरेर सञ्चालनमा आइसकेका छन् । इटहरी, हेटौंडा, काठमाडौंको टोखा, ललितपुरको सानागाउँ र धनगढी यो बीचमा सञ्चालनमा आएका स्टोर हुन् ।

“कोरोनाकालपछि अहिलेसम्म हामीले एक हजार बढी रोजगारी सिर्जना गरिसकेका छौँ,” गुरुङले भने, “त्यसमा पनि ९५ प्रतिशत महिलालाई रोजगारी दिएका छौँ ।”

भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरेको उनले बताए ।

min21679562683.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro