विदेश


वासिङटन । मेरिल्यान्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनामा कारमा सवार सबै ६ जनाको घटनास्थलमै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।
सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र गतिमा हुइँकिएको एउटा कार अस्थायी रूपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो । उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्