site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
आप्रवासी महिलाबारे फिप्नाको जर्नल विमोचन

न्यूयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका फिप्नाले अन्तर्रास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेज अफ इमिग्रेन्ट वुमन्स जर्नल विमोचन र   अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको विमोचन गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकालदेखि नै जर्नल प्रकाशन गर्ने संकल्प  भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी बताइन् । जर्नललाई पुस्तकारको रुपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूणर् र कठिन भएपनि सबै सदस्य दिदीबहिनीहरुको एैक्यवद्धता, प्रतिवद्वता र लगावका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने व्यवसायीलगायत सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरिन् । त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आउने दिनमा सुधार गर्नको लागि सम्पूर्ण सहभागीहरुलाई आग्रह पनि गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा. प्रोफेसर रेजिता नायरले मानसिक स्वास्थ र वालमनोविज्ञानको सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् । 
कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दूत न्यूयोर्कका केशवराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका  फिप्ना का पूर्ब सभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरेको थियो । त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नबराज केसी, उर्जाशिल युवा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसला स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू सहधागी थिए । कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यताहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूष बिचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पिंढिहरु एक हुनुपर्ने बताइन् ।

त्यस्तै संस्थाकी संस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडि बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले भने, “हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।

अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्वपुणर् भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटनदुत तथा सामाजिक अभियन्ता केशबराम राइ र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पोन्सर, फिपनाका पूर्ब सभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बा दयबाट सिल्भर स्पोनसर स्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूणर् उपस्थितलाई धन्यबाद तथा आभार ब्यक्त गर्दै सम्पूणर्ले यसैगरि साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिक रूपमा अन्त्य गरिन् ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्