site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण 

काठमाडौं । ब्रिटिस इन्टरनेसनल इन्भेटमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा एनएमबि बैंकको भ्रमण गरिएको छ । बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्य समूहले बैंकको भ्रमण गरेका हुन् ।  

बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आएको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ ।  
 
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयन पश्चात् गरेको प्रगति विवरणको बारेमा जानकारी दिएका थिए । बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानको बारेमा पनि जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधि मण्डलसँग छलफलको क्रममा के.सी.ले नेपालको दिगो तथा समावेसी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नका लागि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्