site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा मुख्यमन्त्री पोखरेलले जाँदाजाँदै ६६ लाख रुपैयाँ बाँडेको खुलासा
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरू छन् । उनीहरूले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तिजमा दर खाने कार्यक्रमका लागि भनेर राज्यकोषबाट रकम लिएको पाइएको छ ।

सरकारले संघसंस्थाहरूलाई रकम दिँदा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७६ अनुसार उपलब्ध गराउनुपर्छ । तर, कार्यविधिमा उल्लेखित उद्देश्यबाहेक पनि सरकारले निकटताका आधारमा चालु आर्थिक वर्षमा मात्रै ६६ लाख रुपैयाँ बाँडेको हो ।

कार्यविधिको दफा ३ अनुसार सरकारले राहत तथा पुनर्स्थापना, भाषा, संस्कृति संरक्षण, सामुदायिक भवन, वृद्धाश्रम, खेलकुद विकासलगायतका कार्यक्रम गर्नका लागि संघसंस्थालाई अनुदान सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । यी कार्यक्रमका लागि मुख्यमन्त्रीले एकलाख रुपैयाँसम्म सहायता उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, गत मंसिरमा निर्वाचन सकिएर नयाँ सरकार बन्ने समयावधिभित्र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १० दिनको फरकमा ६६ लाख रुपैयाँ वितरण गरेको पाइएको हो ।

मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएपछि गण्डकीमा पुस २५ गतेमात्रै सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले सरकार गठन हुनुभन्दा अगाडि नै मंसिर १९ गते ३२ लाख ३० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेका थिए । त्यसको १० दिन पनि नहुँदै मंसिर २७ गते उनले पुनः ३३ लाख ३० हजार रकम वितरणको निर्णय गरेका थिए ।

Global Ime bank

एक लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउनको लागि मन्त्रिपरिषद्को निर्णय नचाहिने कार्यविधिको फाइदा उठाउँदै उनले पत्रकारदेखि पार्टी कार्यालयसम्मलाई रकम दिएका हुन् ।

गत भदौ ४ गते नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गर्‍यो । सोही कार्यक्रममा सहयोग भन्दै तत्कालीन मुख्यमन्त्री पोखरेलसमक्ष संस्थाले आर्थिक सहयोग माग गर्‍यो । कार्यक्रम सकिएको तीन महिनापछि पोखरेलले यो संस्थालाई एक लाख रुपैयाँ दिए ।

आफ्नो सेवा सुविधा डिजिटल प्रविधि अनलाइनबाट प्रवाह गर्ने नाममा सांदीपन मिडिया प्रालिले ४० हजार रुपैयाँ लगेको छ । यसका सञ्चालक कास्की कांग्रेसका नेता हुन् । पोखरा २५ हेम्जाको इन्द्रेणी आमा समूहलाई पोखरेलले एक लाख रुपैयाँ दिएका छन् । यो संस्थाले टेबुल, कुर्सी, सोफालगायतका जिन्सी सामान खरिदका लागि सहयोग भन्दै निवेदन दिएको थियो ।

आर्थिक सहायता कार्यविधि अनुसार कुर्सी टेबुल खरिदको लागि सहायता उपलब्ध गराउन मिल्दैन । कार्यविधिको उद्देश्यविपरीत रहेपनि ६९ संस्थाले विभिन्न नाममा राज्यकोषबाट रकम लगेका हुन् ।

स्मारिका प्रकाशनको नाममा नेपाल महिला उत्थान संघ सामुदायिक सिकाइ केन्द्रले पनि एकलाख रुपैयाँ लगेको छ । लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घाको यो संस्थाले स्मारिका प्रकाशनकै लागि भनेर सहयोग मागेको थियो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि भनेर सरकारले नै बजेट विनियोजन गरेको छ । आफ्नै नेतृत्वमा बजेट ल्याएपनि पोखरेलले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि भनेर पोखराकै रेडियो बाराहीलाई एक लाख रुपैयाँ दिएका छन् । 

कम्प्लिट गार्डेन ट्रेडर्सलाई महिलाहरूलाई सिप प्रदान गरी स्वरोजगार बनाउने कार्यका लागि भनेर एक लाख रुपैयाँ लगेको छ । यो ट्रेडर्सको नामको रकम पोषराज पौडेलले लगेका छन् । 

महिलाहरूलाई आर्थिक सामाजिक रूपमा सशक्त बनाउनको लागि तालिम सञ्चालन गर्ने नाममा नवलपुरको कावासोती नगरपालिका २ ले मिलिजिुली महिला बहुउद्देश्यीय सहकारीले पनि एकलाख रुपैयाँ लगेको छ । नवलपुरकै नेपाल आमा समूहले पनि लैंगिक समानता तथा महिला सशक्तीकरण सचेतनासम्बन्धी एक दिन कार्यक्रम गर्न भनेर एक लाख रुपैयाँ लगेको छ ।

कांग्रेसको प्रदेश पार्टी कार्यालयमा रहेको बीपी स्मृति पुस्तकालयलाई पनि तत्कालीन मुख्यमन्त्री पोखरेलले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् । पुस्तकालयको भौतिक सुधार र पुस्तक खरिद भन्दै उक्त रकम पार्टी कार्यालयका मुख्य सचिव पदम श्रेष्ठले लेका हुन् ।

योगराज पौडेल अध्यक्ष रहेको सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले पनि अफिस सञ्चालन, मासिक कार्यक्रम र पत्रिका प्रकाशनको नाममा एक लाख रुपैयाँ लगेको हो ।

नवलपुरका २ स्थानमा महिलाहरूको क्षमता अभिवृद्धिका लागि तालिम भन्दै स्टार कम्युनिकेसन एन्ड मल्टिमिडियाका प्रबन्ध निर्देशक अर्जुन सापकोटाले एक लाख रुपैयाँ पाएका छन् ।

स्थानीय सरकारका जनप्रतिनिधिलाई तालिम दिने नाममा पनि प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छ । पूर्व मुख्यमन्त्री पोखरेलले माछापुच्छ्रे गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि र अगुवा महिलाहरूलाई लैंगिक समता र सामाजिक समावेशीकरण कार्यक्रमका लागि ५० हजार रुपैयाँ दिएका हुन् । यो कार्यक्रम भने टिम अर्गनाइजिङ लोकल इन्स्टिच्युसनले सञ्चालन गर्ने भनेर सहयोग मागेको थियो ।

पत्रकार महासंघ गण्डकीले प्रदेश समितिको साधारण सभाका लागि भनेर एक लाख रुपैयाँ लगेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पनि स्थापना दिवसको नाममा एक लाख रुपैयाँ लगेको छ । नवलपुरको सामुदायिक रेडियो मध्यविन्दुले पनि एकलाख रुपैयाँ लगेको छ । मध्यविन्दुले सुशासन प्रबर्द्धनका लागि विभिन्न सरकारी एवम गैर सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भनेर रकम लगेको हो ।

नेपाल बार एसोसिएसन तथा गण्डकी प्रदेश समन्वय समितिलाई पनि पोखरेलले कार्यालयको फर्निचर किन्न भनेर एकलाख रुपैयाँ दिने निर्णय गरेका हुन् ।

सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिलाई नेतृत्व विकास, क्षमता विकास, उद्घोषक तथा प्रभावकारी सञ्चार सम्बन्धी तालिम चलाउन भनेर एक लाख रुपैयाँ दिइएको खुलेको छ । नेपाल प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा सम्पन्न महाधिवेशनमा सहभागी हुनका लागि आवतजावत खर्च भनेर प्रेस युनियन कास्कीले एकलाख रुपैयाँ लगेको छ । नेपाल पत्रकार महासंघ नवलपुरले तिज कार्यक्रमको नाममा एकलाख रुपैयाँ लगेको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्यामप्स समितिलाई विचार गोष्ठी गर्न भनेर पोखरेलले एकलाख रुपैयाँ दिने निर्णय गरेका थिए । 

कसलाई कति बाँडियो ?

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC