site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछौँ : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन् । 

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
“हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको छ,” उनले भने, “अब उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछौँ ।” 

प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए । उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे । 

प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नभएको बताए । 

“सरकारले विदेश जानेहरूलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको छ,” उनले भने, “श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरूसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने तयारी छ ।” 

प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro