site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावपछि एउटै मञ्चमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री हुन नसकेका पाण्डे
Sarbottam CementSarbottam Cement

पोखरा । गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य थिए– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

कांग्रेस, माओवादी, नेपाल समाजवादी पार्टीसहितको तत्कालीन गठबन्धनका साझा उमेदवार प्रचण्ड चुनावी कार्यक्रममा जाँदा आफू ‘रिल्याक्स’ भएको प्रतिक्रिया दिन्थे ।

स्थानीय तहको मत परिणाम र गोरखाको राजनीतिमा प्रभाव राख्ने माओवादी र कांग्रेस एकैठाउँमा भएकाले चुनाव जितिनेमा उनी विश्वस्त थिए । त्यही विश्वासका कारण उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने गर्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको प्रतिनिधि सभा क्षेत्र अन्तर्गतको प्रदेश सभा २ (२) बाट प्रदेश सभाका उमेदवार थिए– कांग्रेसका सुरेन्द्रराज पाण्डे । कांग्रेस केन्द्रीय राजनीतिमा प्रभाव राख्ने पाण्डे यसपटक प्रदेश सभामा लडेका थिए ।

चुनाव प्रचारका लागि प्रचण्ड र पाण्डे सँगै भोट माग्दै हिँडे । उनीहरूको संयुक्त चुनावी कार्यक्रममा नै प्रचण्डले भने, “सुरेन्द्रराज पाण्डेजी खालि प्रदेश सभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ ।”

Global Ime bank

आफू चुनाव नलडेर प्रचण्डलाई ठाउँ खाली गरिदिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्डकै भनाइलाई समर्थन गर्दै 'मुख्यमन्त्रीमा पाण्डे' र 'प्रधानमन्त्रीमा प्रचण्ड' भनेर बोलेका थिए । उनले भनेका थिए, “अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हो ।”

prachanda1679410925.jpeg

आफूलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेका प्रचण्डले पाण्डेलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्दै गोरखाको विकास र समृद्धिका योजना मतदातालाई सुनाए ।

प्रचण्डसँगै पाण्डे पनि विजयी बने । तर, मंसिर ४ गतेको चुनावमा सँगै भोट मागेका यी दुई नेताहरू भने विजयी बनेपछि अलग भए । प्रचण्ड प्रधानमन्त्री त बने, तर अर्को गठबन्धनबाट ।

जुन गठबन्धनबाट चुनाव लडेर पाण्डेलाई मुख्यमन्त्री बनाउने भनेर प्रचण्डले भनेका थिए, त्यो गठबन्धनको एक घटक कांग्रेस नै पुस १० मा प्रतिपक्षी बन्न पुग्यो ।

प्रचण्डको सिंहदरबार यात्रा त सफल भयो, तर त्यही दिन पोखरा आएका पाण्डेको गण्डकी सरकारको नेतृत्व लिने चाहनामा ब्रेक लाग्यो । विमानस्थलबाट सिधै पत्रकारसँग कुराकानी गरेका पाण्डेले रोचक प्रतिक्रिया दिएका थिए ।

उनले भनेका थिए, “यो घटना मेरा लागि अनपेक्षित थिएन । तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्यान्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुशल अवतरण भएँ, म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।”

संघमा नयाँ गठबन्धन बनेपछि त्यसको प्रभावका कारण मुखैमा आएको मुख्यमन्त्री पद पाण्डेको हातबाट फुत्किएर प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को पोल्टोमा पुग्यो ।

गोरखामा सँगै भोट मागेर चुनाव जितेपछि छुट्टिएका यी दुई नेता आइतबार झन्डै तीन महिनापछि पुनः एकैठाउँमा देखिए । संयोग के छ भने, चुनावमा एउटै गठबन्धनका उमेदवार बनेका दुवैजना अहिलेपनि एउटै गठबन्धनमा छन् ।

तर, केन्द्रमा प्रचण्ड सत्तामा छन, गण्डकीमा सुरेन्द्र प्रमुख प्रतिपक्षीको रूपमा ।

संसदीय मान्यतामा प्रमुख प्रतिपक्षीलाई 'वेटिङ गभर्मेन्ट' भनिन्छ । त्यही 'वेटिङ चिफ मिनिस्टर'का दाबेदार पाण्डे र प्रधानमन्त्री प्रचण्डले गोरखामा चुनाव जितिसकेपछि पुनः एउटै मञ्च सेयर गरेका हुन् ।

पुस १० गते बनेको सत्ता गठबन्धन राष्ट्रपति चुनावसम्म आइपुग्दा फागुन १२ गते अर्को गठबन्धन बनेको थियो । पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकीमा पनि वर्तमान सरकार धरमराएको छ । कांग्रेस भने सत्ताको नेतृत्व लिन तयार भएर बसेको छ ।

तर, एमाले नेतृत्वको सरकारबाट न राप्रपा बाहिरिएको छ, न माओवादीले नै समर्थन फिर्ता लिएको छ । कांग्रेसले मात्रै चाहेर यहाँको सत्ताको नेतृत्व लिन सम्भव छैन । वर्तमान गण्डकी सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक छ । दुई सांसद भएको राप्रपा, सात (सभामुख बाहेक) सांसद रहेको माओवादीलाई विश्वासमा लिएर आफ्ना २२ सहित कुल ३१ सांसदको समर्थनमा अहिले गण्डकीको नेतृत्व एमालेका खगराज अधिकारीले गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि पनि यहाँ माओवादीको बलमा सरकार टिकिरहेको छ । समर्थन फिर्ता लिने कि नलिने भनेर यहाँको माओवादी संसदीय दलले निर्णय लिन सकिरहेको छैन । स्वायत्त रूपमा निर्णय नलिएपनि माओवादीले केन्द्रले नै निर्णय गरेर पठाइदिएपछि मात्रै सरकारबाट बाहिरिने आशय व्यक्त गरेको छ ।

माओवादी बाहिरिए हुन्थ्यो भन्ने कांग्रेसको चाहना छ । तर, माओवादीले भने निर्णय जे भएपनि केन्द्रलाई पर्खिएको छ । यही धरमरमा सरकार टिकिरहँदा गोरखामा मंगलबार प्रचण्डले गरेको भाषणले एउटै मञ्चमा रहेका ‘वेटिङ चिफ मिनिस्टर’ पाण्डे भने शान्त बनेर सुने । कार्यक्रममा उनले राजनीतिक भाषण नै गरेनन् ।

मंगलबार गोरखा–२ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै प्रचण्डले भने, “हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रियको छ, सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ ।”

photo (1)1679410921.jpg

प्रचण्डले सोमबार मात्रै दुई महिनाभित्र दोस्रोपटक विश्वासको मत लिए । त्यसको भोलिपल्टै गोरखा पुगेका उनले सोमबार मात्रै नयाँ राजनीतिक समीकरण बनेको र विश्वासको मत दिएका दलहरूसँग सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भइसकेको बताए ।

“प्रदेश सरकार पुनर्गठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि थप विकास निर्माणको काम अघि बढाउने योजनामा छौँ,” उनले भने ।

पाण्डेले भने उक्त कार्यक्रममा प्रदेश सरकारको बारेमा कुनै टिप्पणी नै गरेनन् । “यो गठबन्धन धेरै लामोसमय जान्न भन्ने मलाई विश्वास थियो, मैले राजनीतिक संकेत त्यस्तै पाएको छु ।”

कुनैबेला प्रधानमन्त्री प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले भनेका थिए । त्यही बुझेरै धैर्यता गरिरहेका पाण्डे सरकार फेरबदल हुँदा सरकारको नेतृत्व लिन तयार भएर बसेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC