site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीबाट यी हुन् सम्भावित मन्त्री, सचिवालयमै चार आकांक्षी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेसँगै सत्ता गठबन्धनमा रहेका दलहरुले सरकार विस्तारबारे आन्तरिक छलफल सुरु गरेका छन् । गठबन्धनको तेस्रो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले (विश्वासको मत दिएको तेस्रो ठूलो दल रास्वपा सत्तासाझेदार दलको बैठकमा उपस्थित नभएकाले) केन्द्र र प्रदेश सरकारबारे छलफल थालेको हो ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।

पार्टी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले प्रदेश र केन्द्र सरकारबारे विभिन्न पक्षसँग छलफल गरी प्रस्ताव केन्द्रीय सचिवालयमा ल्याउने छ । “प्रदेश र केन्द्रको सरकारहरुबारे छलफल गरी निर्णयमा पुग्नका लागि प्रस्ताव तयार गरी केन्द्र सचिवालयमा ल्याउन कार्यदल बनाइएको हो,” बैठकपछि खतिवडाले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यदलले पार्टीले कति मन्त्रालय पाउने ? कुन–कुन मन्त्रालयमा माग दाबी गर्ने, गठबन्धन दलका बीचमा सहमति कायम गर्ने र सरकारमा जाने नीति कार्यक्रम बनाउने कार्यादेश पाएको छ ।

“सरकारमा कसरी जाने ? के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ?,” सम्मानित नेता झलनाथ खनालले भने, “यी सबै कुराको बारेमा टुंगो लागेपछि टुंगोमा पुग्छौं । त्यसको लागि अध्यक्षज्युको नेतृत्वको टोलीले कुराकानी गर्छ । त्यो प्याकेजमै निर्णय गर्छौं ।”

Global Ime bank

सोमबार संसद्बाट दोस्रोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्रीले चैत १० गतेभित्रै सरकार विस्तार गर्ने बताएका थिए । हालसम्म सत्ता गठबन्धनमा आवद्ध दलले कति मन्त्रालय पाउने भन्ने औपचारिक छलफल भइसकेको छैन । त्यसबारे छलफलका लागि छिट्टै गठबन्धनको बैठक बस्ने तयारी भएको नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीले गठबन्धनमा तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्ने तयारी गरेको छ । तर, गठबन्धनमा भागबण्डा हुँदा सरकारमा सामेल हुने दलहरुले पाउने मन्त्रालयअनुसारको समझदारीले संख्या निर्धारण गर्नेछ ।

आजको सचिवालय बैठकमा सरकारमा जाँदा जनतासँग जोडिएर काम गर्ने खालका सुझाव आएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार त्यस्ता मन्त्रालयहरुमा कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

“अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,” एकीकृत समाजवादीका ती पदाधिकारीले बाह्रखरीसँग भने, “पावरफुल मन्त्रालयहित त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ ।”

महत्वपूर्ण मन्त्रालय मात्रै दाबी गरेर नपुग्ने, त्यसका लागि सोहीअनुसारको लबिइङ गनुपर्ने अर्का पदाधिकारीले बाह्रखरीसँग बताए । “पावरफुल मन्त्रालय मागेर मात्रै हुँदैन । त्यसका लागि सोहीअनुसारको लबिइङ गर्नुपर्छ । अध्यक्षसहितको कार्यदल भएपछि मन्त्रालयबारे सोहीअनुसारको निष्कर्ष आउला,” ती पदाधिकारी भन्छन् ।

सचिवालयमै चार जना दाबेदार

एकीकृत समाजवादीको  १९ सदस्यीय सचिवालयमा अध्यक्ष नेपालसहित पाँच सांसद रहेका छन् । जसमा अध्यक्ष नेपालबाहेकका चारै सांसद पार्टीको तर्फबाट नेतृत्व गरी सरकारमा जान आकांक्षी देखिएका छन् । उपाध्यक्षत्रय राजेन्द्र पाण्डे, बेदुराम भुसाल, जयन्ती राई र उपमहासचिव प्रकाश ज्वाला मन्त्रीको आकांक्षी देखिएका छन् । पाण्डे र ज्वाला प्रतिनिधिसभा तथा भुसाल र राई राष्ट्रियसभाका सांसद हुन् ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सांसद छन् । सचिवालयकै चार नेताको आकंक्षा देखिएपछि मन्त्रीबारे टुंगो लगाउन सकस पर्ने एक सचिवालय सदस्यले बताए । मापदण्ड बनाएर आलोपालो रुपमा सरकारमा पठाउने गरी सहमति बनाइने उनको भनाइ छ । 

“थोरैमा धेरै विवाद हुँदो रहेछ । सचिवालयकै चार नेता मन्त्री बन्ने होडमा देखिनुभयो । अरु निर्वाचित सांसदले पनि दाबी गर्ने कुरा भइहाल्यो । त्यसैले मन्त्री बन्ने मापदण्ड बनाउँछौँ । गठबन्धन सरकार पाँच वर्ष जाने सहमति भएको छ । सरकारमा आलोपालो गरेर सांसदहरुको भागबण्डा पुर्याउने गरी सहमतिमा पुग्छौँ,” ती नेता भन्छन् ।

सचिवालयका चार नेता आकांक्षी देखिए पनि भुसाल, पाण्डे वा ज्वालामध्ये एकजनाले नेतृत्व गर्न पाउनेछन् । एकीकृत समाजवादीले पाउने मन्त्रालयको संख्या टुंगिएपछि कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्नेछ । त्यसमा भर्खरै महासचिवबाट उपाध्यक्ष बनेका भुसालले यसपटक नेतृत्व गर्न पाउने सम्भावना बलियो रहेको एक नेताले बताए ।

त्यस्तै, तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका सांसदहरु कृष्णकुमार श्रेष्ठ, प्रेम आले, मेटमणि चौधरी र शेरबहादुर कुँवर अहिले मन्त्री बन्न पाउने सम्भावना कम रहेको बताइन्छ । यसपटक बझाङबाट निर्वाचित भानुभक्त जोशी, दैलेख १ बाट निर्वाचित अमरबहादुर थापा वा डोल्पाबाट निर्वाचित धनबहादुर बुढामध्ये एक मन्त्री बन्न सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । त्यसमा पनि पूर्वमन्त्रीसमेत रहेका जोशी मन्त्री बन्ने सम्भावना प्रबल रहेको एक नेताले बताए ।

गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC