site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘धोकेबाज हौ...’ को ‘ओरिजिनल’ गायक/गायिका शिव कि एलिना ? यस्तो छ तथ्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘धोकेबाज हौ...’ कसको गीत हो ? शिव परियार कि एलिना चौहानको ? यसका गीतकार तथा संगीतकार सुवास कार्की (कार्कीजी) भन्छन्– यो दुवैको गीत हो ।

शिव र एलिना दुईजनाले गाएका छन् नि ? “हो, शिव परियार र एलिना चौहानले गाउनुभएको छ । शिव दाइले मेल भर्सनको र एलिनाले फिमेल भर्सन गाउनुभएको हो,” सुवास स्पष्ट पार्छन्, “एउटै गीत पछिल्लो समय मेल भर्सन र फिमेल भर्सनमा गाउन थालिएको छ । मेल र फिमेल भर्सन गाउँदा कसैले पनि यो मेरो मात्रै गीत हो भनेर दाबी गर्न पाउँदैन । दुवैको गीत हुन्छ ।”

पछिल्लो समय आधुनिक गायनमा चलेका गीतको ‘चाइल्ड भर्सन’ र ‘लिजेन्ड्री भर्सन’ पनि ल्याउने क्रम बढ्दो छ । यही गीतको पनि चाइल्ड भर्सन आइसकेको छ । ‘र्‍याप भर्सन’ पनि चाँडै ल्याइँदै छ । सुवास आफैँले र्‍याप भर्सन रेकर्ड गराइसकेका छन् । सुवास र्‍यापर हुन् । अबको केही दिनमै छायांकन गरेर र्‍याप भर्सन सार्वजनिक गरिने उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको कपिराइट युट्युब च्यानल नमस्ते प्लससँग रहेको सुवास बताउँछन् । यसका सञ्चालक रामकान्त न्यौपाने हुन्, उनी अष्ट्रेलियामा बस्दै आएका छन् ।

गायक शिव मेल र फिमेल भर्सन गाउँदैमा कभर नहुने बताउँछन् । मेल र फिमेल जसले अगाडि गाए पनि पछि गाउनेले कभर गाएको नहुने उनको तर्क छ ।

Global Ime bank

तर, मेलले गाएको गीत पुनः अर्को गायकले वा महिलाले गाएको फेरि अर्को गायिकाले गाएपछि गाउनेको भने कभर हुने शिवको तर्क छ । गीतकार तथा संगीतकार कार्की पनि हालसम्म यो गीतको कभर आधिकारिक रूपमा कसैलाई गाउन नलगाइएको बताउँछन् ।

“अब कोही मेल गायकले यो गीत गाउँछ भने त्यो कभर हुन्छ । फिमेलले गायो भने बल्ल कभर हुन्छ, को ओरिजिनल सिंगर भन्ने विवाद हुन्छ । यो गीतमा अहिलेसम्म हामी कसैबीच विवाद छैन । विवाद गर्नुपर्ने कारण पनि छैन,” शिव भन्छन् ।

अञ्जु पन्तले गाएको गजल ‘न बिर्सेँ तिमीलाई...’ पछि रचना रिमालले गाइन् । रचनाले गाएको कभर हो । कारण, फिमेल भर्सनमा त्यसअघि नै अञ्जुले गाइसकेकी थिइन् । यस्तो अवस्थामा को ओरिजिनल भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

“‘फूलैफूल दिन्छौ कि...’ कसको गीत हो ? मैले पनि गाएको छु । अस्मिता अधिकारीले पनि गाउनुभएको छ,” शिव भन्छन्, “त्यसो भए यो गीत अस्मिताको होइन, मेरो मात्रै हो भनेर मैले भन्ने ? मेरो पनि हो, अस्मिताको पनि हो ।” अब कसैले गाए बल्ल ओरिजिनल गायक/गायिका को भन्ने दाबी गर्न सकिने उनको भनाइ छ ।

‘फूलबुट्टे सारी...’ सबैभन्दा पछि ‘लिजेन्ड्री भर्सन’मा मदनकृष्ण श्रेष्ठले गाएको बताउँदै शिव भन्छन्, “मदन दाइले कभर गर्नुभयो, उहाँको यो गीत होइन भन्ने ?”

‘धोकेबाज...’ लाई लिएर शिव र एलिना कसैले पनि यो गीतको ओरिजिनल सिंगर हुँ भनेर दाबी गरेका छैनन् ।

मेल र फिमेल भर्सनमा अगाडि गाउनेको ओरिजिनल र पछि गाउनेको कभर भन्ने नहुने सुवास बताउँछन् । “बुझ्दै नबुझी यत्तिकै लेखेको पाइयो । बिनाकारण र आधार विवाद सिर्जना गर्ने प्रयास गरिएको छ,” उनी अगाडि स्पष्ट पार्छन्, “विवाद गर्ने यो गीतमा अहिलेसम्म कुनै विषय र पक्ष देखिएको छैन ।” अहिलेसम्म गाउने शिव, एलिना र सुप्रिम मल्ल ठकुरी सबै यो गीतका ओरिजिनल गायक/गायिका भएको तथ्यमा नझुक्किन उनको आग्रह छ । 

‘धोकेबाज...’ सुरुमा एलिनाले गाएकी थिइन् । त्यसपछि मेल भर्सनमा यो गीत शिवको स्वरमा आएको थियो ।

पहिलो लकडाउनमा सुवासले कम्पोज गरेको यो गीत दोस्रो लकडाउनपछि सार्वजनिक गरिएको थियो । र्‍यापर सुवासको यो पहिलो आधुनिक गीत हो । यस्तै अरू गीत पनि सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको उनी सुनाउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC