site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु
Tiktok banner adTiktok banner ad

बुटवल । बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ काे चिराैती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणबाट दुई महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

बाघकाे आक्रमणबाट मधुवन–५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बाेहाेराले जानकारी दिए ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटेबाघकाे आक्रमणका घटना हुने गरेकाे प्रहरीले जनाएको छ । 

मृतक महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro