site stats
कला
प्रदीप र दीयाले जिते उत्कृष्ट नायक/नायिकाको अवार्ड, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट चलचित्र
चलचित्र ‘प्रकाश’को क्यारेक्टरमा क्रमशः प्रदीप खड्का र दीया मास्के ।

काठमाडौं । प्रदीप खड्का उत्कृष्ट नायक घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं सिजनमा उनले फिचर फिल्मतर्फ वर्षको उत्कृष्ट नायकको अवार्ड जितेका हुन् । उनले चलचित्र ‘प्रकाश’बाट उक्त अवार्ड हात पारेका हुन् । 

उनले आफूले अनपेक्षितरूपमा अवार्ड प्राप्त गरेको बताए । ‘प्रकाश’ चलचित्रमा काम गर्दा दर्शकले स्वीकार गर्दिए हुन्थ्यो भन्ने लोभ भने रहेको उनले अवार्ड ग्रहण गर्ने क्रममा बताए । 

Himalayan Bank
Agni Group

सोही चलचित्रबाट दीया मास्केले वर्षको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । उनी चलचित्र ‘प्रकाश’मा प्रदीप खड्काको आमाको रोलमा थिइन् ।  

उत्कृष्ट निर्देशकको अवार्ड सुजित बिडारीले जितेका छन् । उनले ‘ऐना झ्यालको पुतली’बाट फिचर फिल्मतर्फ उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन् । यस्तै यही चलचित्रले वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड पनि हात पार्यो । 

Global bank

कसले र कुन चलचित्रले पाए अवार्ड ?  हेर्नुस् सूची
सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)
सर्वश्रेष्ठ अभिनेत्री  –  दीया मास्के (प्रकाश)
सर्वश्रेष्ठ फिल्म  –  ऐना झ्यालको पुतली
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म  – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)
सर्वश्रेष्ठ छायांकन  –  राजेश श्रेष्ठ (प्रकाश)
सर्वश्रेष्ठ पटकथा  –  सुजित बिडारी (ऐना झ्यालको पुतली)
सर्वश्रेष्ठ निर्देशक  –  सुजित बिडारी (ऐना झ्यालको पुतली)
सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म  –  प्रद्यूम्न मिश्र (दुविधा)
सर्वश्रेष्ठ छोटो नेपाली फिल्म  – जुन्को (मिन्सो लिम्बू)
सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म –  द बुक (इरान)
सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म  –  द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)
सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र  –  द टाइगर्स (निर्देशक –कमल कुमार)
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री  – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)
स्पेसल मेन्सन अवार्ड  –  ऐना झ्यालको पुतली
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म  –  मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय