site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हङकङलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टिमको तयारी सुरु
SkywellSkywell

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको हङकङसँगको खेलका लागि नेपाली क्रिकेट टिमले आज (बुधबार) देखि तयारी थालेको छ । करिब १ महिना अघिदेखि नै तयारीमा व्यस्त रहेको टिम दशैं बिदा सकिएलगत्तै अभ्यासमा जुटेको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपाली क्रिकेट टिमले अभ्यास गरिरहेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली क्रिकेट टिमले अक्टोबर १३ र १५ मा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हँुदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।

KFC Island Ad
NIC Asia

तालिकाको शीर्ष स्थानमा भने नेदरल्याण्ड रहेको छ । दोस्रो स्थानमा पपुवा न्युगिनी रहेको छ भने तेस्रो स्थानमा स्कटल्याण्ड रहेको छ । तालिकाको शीर्ष ४ मा पर्ने टिमले २०१८ मा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

हङकङसँगको खेललाई मध्यनजर गर्दै नेपाली क्रिकेट टिम भारतको चेन्नई भ्रमणमा गएको थियो । भ्रमणको दौरानमा नेपालले भारतको स्थानीय क्लबसँग ४ खेल खेलको थियो । ३ खेलमा जित हात पारेको नेपाल अन्तिम अभ्यास खेलमा भने पराजित भएको थियो ।

Royal Enfield Island Ad

नेपाली क्रिकेट टिमका खेलाडीको यसअघि नै अन्तिम नामावली सार्वजनिक भइसकेको छ । कप्तान पारस खड्काको नेतृत्वमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दिप लामिछाने, सोमपाल कामी, सागर पुन, करण केसी र विनोद भण्डारी टिममा छन् ।

त्यस्तै, दिपेन्द्रसिंह ऐरी, सुशान भारी, आरिफ शेख पनि टिममा परेका छन् भने पहिलो पटक दुई नयाँ अनुहार ललित भण्डारी र सुशिल कँडेल टिममा समावेश छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १८, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro