site stats
कला
के हो ‘ब्ल्यू फ्लावर’को उद्देश्य ?   

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं सिजनअन्तर्गत शनिबार साँझ नेपाली सर्ट फिल्म ‘ब्ल्यू फ्लावर’को प्रदर्शन थियो । सवा ८ बजेबाट सुरु भएको ४० मिनेट लामो चलचित्रले समलिंगीको अधिकारको वकालत गर्छ । 

नेपालमा अझै पनि समलिंगीहरू अधिकारबाट बञ्चित भइरहेको चलचित्रले वकालत गर्छ । पारिवारिक तथा सामाजिक प्रतिष्ठाका लागि समलिंगीहरू अझै पनि विपरित लिंगीसँग विवाह गर्न वाद्य भइरहेको अवस्था चित्रण गरेको छ । 

Himalayan Bank
Agni Group

निर्देशकले चलचित्रमार्फत समलिंगी विवाहको वकालत गरेका छन् । समलिंगीहरू कसरी विवाहका नाममा अधिकारबाट बञ्चित भइरहेका छन् भन्ने यो चलचित्रको मुख्य कथानक हो । 

सिनेमाको मुख्य पात्र दुईपटक विवाहको मण्डपबाटै भाग्छ । तर, आमाले आत्महत्याको धम्की दिएपछि उसले परिवारको तेस्रो प्रयासमा भने विवाह गर्छ । तर, विपरित लिंगीप्रति आकर्षण नभएका कारण पहिलो रातबाटै वैवाहिक सम्बन्ध संकटमा पर्ने संकेत देखिन्छ । सन्तानका लागि परिवार र समाजको दवाव दिन थालेपछि अन्ततः उसले श्रीमतीलाई आफू समलिंगी भएको बताउँछ । 

Global bank

त्यसैले बाँकी जिन्दगीका लागि आफ्नो निर्णय लिन उसले श्रीमतीलाई आग्रह गर्छ । तर, परिवार र लोकलाजका कारण उनी श्रीमानलाई छोडेर जान नसक्ने उनी बताउँछिन् । त्यसपछि उनैले श्रीमानलाई काठमाडौं जान सुझाउँछिन् । सहरमा  प्रहरी अधिकृतलाई आफूजस्तै समलिंगी फेला पारेपछि उसले लोकलाजबाट आफू र श्रीमतीलाई बचाउन आग्रह गर्छ । त्यसपछि चलचित्र कसरी अगाडि बढ्छ यसका लागि चलचित्र ४० मिनेट नै हेर्नुपर्छ । 

सुनीलवावु पन्त र प्रधुम्न मिश्रले निर्देशन गरेको सर्ट फिल्म सिनेम्याटिक हिसावले कमजोर छ । अधिकारका लागि खुलेर वकालत गरेको चलचित्रले सिनेम्याटिक फिल दर्शकलाई दिँदैन । अधिकारका लागि मात्रै निर्माण गरेको प्रष्टै देखिन्छ । निर्देशक पन्त यौनिक तथा लैंगिक अधिकारका अभियान्ता भएकाले पनि होला चलचित्रमा त्यसको प्रष्ट प्रभाव देखिँदा दर्शकले सिनेम्याटिक फिल गर्न भने पाउँदैनन् । यद्यपि, अधिकारका लागि उपयोग गर्न भने चलचित्र प्रभावकारी हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्