site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् ।

आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका वृहत्तर रूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

"सांसद एक्लैले गरेर केही हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ," सांसद शर्माले भने, "बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।"

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उनले सुनाए ।

"उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ । टिममा सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छन्," उनले भने, "काममा दोहोरोपन हुनुभएन । टिमवकर्ममा विश्वास हुनुपर्छ ।"

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारी रूपमा उठाउन राजनीतिक टिमको आवश्यकता औँल्याए ।

"हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ । त्यस्तै राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौँ," उनले भने ।

बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौंमा राजनीतिक सचिवालय बनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro