
कास्की । पोखरामा बाल यौन दुरुपयोग आरोपमा एकजना पक्राउ परेका छन् । पीडक र पीडित दुवै नाबालक भएकोले उनीहरुको परिचय भने गोप्य राखिएको छ ।
पीडित बालिकाले सामाजिक सञ्जालमा आफूमाथि यौन दुरुपयोग भएको घटना खुलाएकी थिइन् । सोही विषमा कास्की प्रहरीले पीडित र उनका अभिभावकसँग सम्पर्क गरेको थियो ।
पीडित बालिकाका आफन्तले बाल यौन दुरुपयोग शीर्षकमा जाहेरी दिएपछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।
पक्राउ परेका बालकमाथि बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत कास्कीले घटना अनुसन्धनको लागि म्याद थप गरेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।