site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलामा दुई हजार ९०० ले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन शुक्रबार तोलाको एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

गएको माघ १९ गते छापावाल सुन तोलाको एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यो नै यसअघिको उच्च मूल्य थियो ।

आइतबार तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Global Ime bank

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu