site stats
देश
ललितपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्युहुनेमा साइकलयात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो ।

S.A.U
Agani Group

घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनीबेशी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।  

Global bank

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय