site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इब्राहिमोभिच सिरी ‘ए’मा गोल गर्ने सबैभन्दा जेठो खेलाडी
Tiktok banner adTiktok banner ad

काठमाडौं । ज्लाटन इब्राहिमोभिच इटालियन सिरी ‘ए’मा गोल गर्ने सबैभन्दा जेठो खेलाडी बनेका छन् । उनले शनिबार राति युडिनेसविरुद्ध गोल गर्दै उक्त कीर्तिमान बनाएपनि टिमलाई जिताउन भने सकेनन् ।

स्विडेनका फरवार्ड इब्राहिमोभिचले ४१ वर्षको उमेरमा गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका हुन् । सुरुमा हानेको पेनाल्टी सफल नभए पनि भिडियो सहायक रेफ्रीले पुन पेनाल्टी प्रहार गर्ने अवसर दिएको थियो । उक्त अवसरलाई इब्राहिमोभिचले खेर जान दिएनन् ।

युडिनेसका आन्द्रेय सोटिले रातो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सिमित भएको थियो । युडिनेसले त्यसअघि रोबर्टो पेरेराको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । मिलानका इब्राहिमोभिचले बराबरी गोल फर्काएको एक मिनेट वित्न नपाउँदै बेटोले गोल गरेपछि युडिनेसले पुनः अग्रता लियो ।

७०औँ मिनेटमा किङ्सले इजिबुईले अर्को गोल थपेपछि दश खेलाडीमा सिमित भए पनि युडिनेसले तीन अंक पक्का गरेको थियो ।

जितपछि युडिनेस आठौँ स्थानमा उक्लिएको छ । युडिनेसले २७ खेलबाट ३८ अंक जोडेको छ । जुन चौथो स्थानको एसी मिलानभन्दा दश अंकले पछाडि हो । मिलानले २७ खेलबाट ४८ अंक जोडेको छ ।

इटालियन सिरी ‘ए’मा गएराति दशौँ स्थानको बोलोग्नाले १६औँ स्थानको सालेरनिटानासँग २–२ को बराबरी खेल्यो । १३औँ स्थानको मोन्जाले रेलिगशेन क्षेत्रको क्रेमोनेससँग १–१ को बराबरी खेल्यो ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro