site stats
कला
शुभमुहूर्त गरिएको  ‘पशुपति प्रसाद–२ : भष्मे डन’ यही १० गतेबाट छायांकन हुँदै

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र  ‘पशुपति प्रसाद–२ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिषरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । चलचित्रको शुभमुहूर्त समारोहमा  निर्देशक दीपेन्द्र के खनालदेखि कलाकारसम्म उपस्थित थिए । 

चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ । 

S.A.U
Agani Group

चैत १० गतेबाट छायांकन सुरु हुने चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । 

चलचित्र ‘पशुपति प्रसाद’को मुख्य चरित्रमध्येको एक विपीन कार्कीले निर्वाह गरेको भष्मे डनमा केन्द्रित रहेर निर्माण हुन लागेको हो । 

Global bank

सात वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई चलचित्रले प्रस्तुत गर्नेछ । चलचित्र पशुपति क्षेत्र विकास कोष परिसरमा छायांकन हुनेछ । 

निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।

आउँदो दसैंमा चलचित्र प्रदर्शनमा आउनेछ । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्