site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
जीपीटी–४ : च्याटजीपीटीभन्दा ४० प्रतिशत बढी तथ्यपरक, तस्बिरको पनि जवाफ दिन सक्ने

काठमाडौं । ओपन एआईले यसको चर्चित आर्टिफिसियल इन्टेलीजेन्स (एआई)मा आधारित च्याटबट च्याट जीपीटीको नयाँ भर्जन वा संस्करण जीपीटी–४ सार्वजनिक गरेको छ । 

छोटो समयमै विश्वभर चर्चा कमाएको च्याटबट च्याटजीपीटी सार्वजनिक गरेको करिब चार महिनापछि मंगलबार ओपन एआईले जीपीटी–४ सार्वजनिक गरेको हो ।

जीपीटी–४ ले प्रयोगकर्ताले सोधेका निकै जटिल प्रश्नको जवाफ शुद्धता अथवा सत्यताका साथ दिनसक्ने ओपन एआईले जनाएको छ । ठूलो बहुमोडेल भाषा मोडेलमा आधारित जीपीटी–४ले च्याटजीपीटी भन्दा ४० प्रतिशत बढी तथ्यपरक जवाफ दिनसक्ने र जवाफ दिन रोक लगाइएका विषयमा ८२ प्रशितसम्म जवाफ नदिने क्षमता रहेको ओपन एआई ब्लग पोस्टमार्फत् जनाएको छ ।

जीपीटी–४ले २५ हजार शब्दसम्मको जवाफ विश्लेषण गर्न सक्ने एवम् लेख्न सक्नेछ, जुन च्याटजीपीटी भन्दा करिब आठ गुणा बढी हो । यस्तै जीपीटी–४ तस्बिरसहित सोधिएको प्रश्नको समेत जवाफ दिन सक्षम छ ।

ओपन एआईले जीपीटी–४ को सुरक्षा फिचरमा मानिसहरुको प्रतिक्रिया समेत समेटेर छ महिना काम गरेको जनाएको छ । तथापि अझै पनि यसले केही सूचनाहरु गलत दिनसक्ने चेतावनी दिएको छ ।

Global Ime bank

अहिले २० अमेरिकी डलर मूल्य तिरेर सब्सक्रिप्सन लिएका च्याटजीपीटी प्लस प्रयोगकर्ताहरुका लागि मात्रै जीपीटी–४ उपलब्ध रहेको छ । जीपीटी–४ माइक्रोसफ्टको सर्च इञ्जिन विंगमा उपलब्ध छ । माइक्रोसफ्टले ओपन एआईमा १० अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

ओपन एआईले च्याटजीपीटीको यो अपडेट संस्करणलाई कम्पनीको लागि नयाँ कोसेढुङ्गा भनेको छ । तर, पनि यो धेरै किसिमका वास्तविक विश्व परिदृश्यहरूमा मानव भन्दा कम सक्षम र केही व्यावसायिक र शैक्षिक सन्दर्भमा मानव स्तर भन्दा थप सक्षम रहेको ओपन एआईको भनाइ छ ।

माइक्रोसफ्टको सर्च इञ्जिन बींगबाहेक जीपीटी–४को  प्रयोग भाषा सिक्न सकिने प्लेटफर्म डुओलिंगो, आँखा देख्न नसक्ने अवस्थाका मानिसहरुलाई सघाउने एप बी माइ आई, मोर्गन स्टेनली बैंक, खान एकेडेमी एवं आफ्नो भाषा जोगाउन आइसल्याण्ड सरकारले समेत प्रयोग गरिरहेको ओपन एआईले जनाएको छ ।

गत नोभेम्बरमा पहिलो पटक सार्वजनिक भएको ओपन एआईको च्याटबट च्याटजीपीटीले इन्टरनेट अनलाइनमा उपलब्ध डाटा अथवा तथ्यांक बिश्लेषण गरी त्यसलाई प्रशोद्धन गरी अथवा शुद्ध पारी मानिसले जस्तै लेखेर जवाफ दिन्छ । जीपीटी–४ यसैको अझै बढी क्षमता र फिचरसहित सार्वजनिक भर्जन हो ।

जीपीटीको अर्थ जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर एक किसिमको भाषा मोडेलहरूको समूह हो यसले ठूलो डाटालाई अध्ययन गरी मान्छेलेझैं सटिक जवाफ बनाउँछ । गत नोभेम्बरमा सार्वजनिक च्याटजीपीटीका विश्वभर करोडौं प्रयोगकर्ता रहेका छन् ।

यसले खासगरी रिसर्च कन्टेन्ट लेख्ने, कोडिङ गर्ने, गीत, कविता लेख्नेलगायतका विभिन्न कामहरुमा मानिसहरुलाई मद्दत गरिरहेको छ । एआईको बढ्दो नवीनतम विकासले यसले काम गर्न सक्ने क्षेत्रका मानिसहरुको रोजगारी नै कटौती गर्ने चिन्तासमेत बढ्दो छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu