
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘नाच सुवा नाच’मा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।
टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउनेछ ।