site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अन्धविश्वासमा पर्दा बालिकाको मृत्यु, बाबुसहित १७ जना समातिए

बुटवल । अन्धविश्वासमा पर्दा रुपन्देहीमा एक बालिकाले ज्यान गुमाएकी छन् । सैनामैना नगरपालिका–१०, झिमझिमेकी १४ वर्षीया सीता ज्ञवालीको यही फागुन २० गते राति मृत्यु भएको हो ।

कान दुखेर बिरामी परेकी ज्ञवालीको ‘झारफुक’का नाममा दिइएको चरम यातनापछि मृत्यु भएको थियो । ‘माता’ भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर बिरामी निको बनाउने भन्दै शारीरिक यातना दिएकी थिइन् ।

Dabur Nepal
NIC Asia

त्यस कार्यमा संलग्न रहेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातना दिने सोनिया र मृतक सीताका बुवासहित घटना र दाहसंस्कारमा संलग्नहरूसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाको नाम भने खुलाएको छैन । घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

यस्तो थियो घटना
सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोबाट पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएकी थिइन् । सोनियाले यातना दिँदा पनि सीताका आफन्तले रोक लगाएनन् । उनीहरूले घटनाको भिडियो खिचिरहेका थिए ।

सोही यातनाका कारण सीताको मृत्यु भएको थियो । मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर उनको दाहसंस्कार गरी घटना गुपचुप राखिएको थियो ।

पछि यातनाको भिडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय सालझण्डीले अनुसन्धान सुरु ग¥यो । सोही क्रममा प्रहरी टोलीले गएको सोमबार सोनियालाई पक्राउ गरेको थियो । घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन् ।

सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडियो खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जालमार्फत प्रहरीमाथि दबाब दिइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro